रविलाई बचाउनैपर्छ भन्ने ओलीजी हो, म होइन् : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगि प्रकरणमा संसदीय छानबिन समिति बनाउन माग राखेको बताएका छन् । 

सरकारविरुद्धको खबरदारीसभालाई सम्बोधन गर्दै उनले आफु रवि लामिछानेको बचाउमा नभएको बताएका हुन् ।

‘रवि लामिछानेको कुरा चलिरहेको थियो । मैले तपाईं निर्दोष हुनुहुन्छ भने डराउनुपर्ने कारण के छ भनेको हो रवि लामिछानेलाई पनि । त्यहीअनुसार बनोस् भनेको हो,’ उनले भने, ‘संसदीय छानबिन समिति बन्न हुँदैन भन्ने केपी ओलीजी हो । रविलाई हरहालतमा बचाउनैपर्छ भन्ने केपी ओलीजी हो ।’

सरकारले रवैया प्रवृति देखाएको बताउँदै प्रचण्डले एमाले र कांग्रेससँग सम्बन्धित व्यक्तिलाई छानबिन नगर्ने, तर अहिले प्रतिपक्षलाई मात्रै पूर्वाग्रह राख्ने तयारी बेठीक भएको बताए ।

प्रतिक्रिया