निर्धक्क भएर व्यवसाय गर्न पाउनुपर्ने सुनचाँदी व्यवसायी संघकोे माग

काठमाडौं । सुनचाँदी व्यवसायीहरुले सुरक्षित र निर्धक्क भएर व्यवसाय गर्न पाउनुपर्ने माग गरेका छन् ।

ललितपुर सुनचाँदी व्यवसायी संघले शनिवार दिपावली, नेपाल संम्वत ११४५ र छठ पर्वको अवसरमा भएको कार्यक्रममा व्यवसायीहरुले नीति नियम नहुँदा सुनचाँदी बजार असुरक्षित भएर व्यवसाय गर्नुपरेको बताएका हुन् ।

कार्यक्रममा अतिरिक्त प्रहरी महानिरिक्षक किरण बज्रचार्यले प्रहरीको एकल प्रयास मात्र नभएर शान्ति सुरक्षा स्थापाना गर्न व्यवसायीहरुको पनि उत्तिकै भूमिका हुनुपर्ने बताए ।

कार्यक्रममा जनप्रतिनिधि,उद्यमी व्यवसायी,सुरक्षा अधिकारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया