जनतालाई भोकै मर्न र गरिबीबाट तड्पिन दिँदैनौँ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरिबी र भोकमरीबाट जनतालाई जोगाउँने बताएका छन् । 

वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले जनतालाई गरिबी र भोकमरीबाट मुक्त गर्ने बताएका हुन् । 

उनले भने, “हामी केही गर्दैछौँ । जनतालाई भोकै मर्न दिँदैनौँ । गरिबीबाट तड्पिन दिँदैनौँ । जनतालाई गरिबी र भोकमरीबाट मुक्त गर्न वर्तमान सरकार बनेको हो ।”

उनले लोकतन्त्र, देश र मानव जातिका लागि सर्वाेत्तम प्रणाली भएकाले यस प्रणालीप्रति आफूहरु पूर्ण कटिबद्ध भएको स्पष्ट पारेका छन् ।

प्रतिक्रिया