नैतिकताको आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : नेता तामाङ

काठमाडौं । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य परशुराम तामाङले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।

शनिवार माओवादी केन्द्रले काठमाडौंमा गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले सरकारले नैतिक धरातल गुमाएको, मुद्दा चलेको व्यापारीबाट अरबौँ घुस लिएको भन्दै आपत्ति जनाएका हुन् ।

असोज ११ र १२ गते आएको बाढी पहिरोको घटनामा सरकार लाचार बनेको बताउँदै यो सरकार घुम्न र भोज खान व्यस्त भएको बताए । 

देशलाई आपत् पर्दा केपी ओली अमेरिका भ्रमणमा मस्त भएको उल्लेख गर्दै उनले अहिलेको सरकार दलाल र बिचौलियालाई राज गर्न दिनका लागि मात्र बनेको बताए ।

नेता तामाङले कांग्रेस एमालेले आफ्नो दलका भ्रष्टहरूको संरक्षण गरेर रवि लामिछानेलाई पक्राउ गरेको समेत बताए ।

प्रतिक्रिया