राणा शासनपछि बनेका सरकारले नगरेको काम हाम्रो सरकारले गर्‍यो : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रचण्ड नेतृत्वको सरकारले राणा शासनको अन्त्यपछि बनेका सरकारहरू मध्ये सबैभन्दा उत्कृष्ट काम गरेको बताएका छन् । 

शनिवार काठमाडौंमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले देशमा राणा शासनको अन्त्य पछाडि २००७ सालदेखि कुनै सरकारले नगरेको काम आफ्नो सरकारले गरेको बताएका हुन् ।

प्रचण्ड प्रधानमन्त्री बनेका बेला सुशासन, समृद्धि र सामाजिक न्यायलाई अघि बढाएको बताउँदै उनले भ्रष्टाचारी र राज्य लुट्ने ठगहरुलाई कारबाहीको दायरामा ल्याएको बताए । 

माओवादी केन्द्र नेतृत्वको सरकारले सुशासन र समृद्धिलाई तीव्रता दिएका बेला भ्रष्टाचारीहरूलाई जोगाउन, भ्रष्टाचार गर्नका लागि माओवादी नेतृत्वको सरकार ढालेर अहिलेको सरकार बनेको श्रेष्ठले बताए ।

प्रतिक्रिया