सरकारले भ्रष्टाचारीको संरक्षण गर्‍यो, विचारको नेतृत्व माओवादीले गर्छ: अग्नि सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले वर्तमान सरकारले लोकतन्त्रको कुरा गर्नु हास्यास्पद रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उपाध्यक्ष सापकोटाले सत्तारुढ दलको भन्दा आफुहरुले लोकतन्त्र बढी बुझेको बताएका हुन् ।

सरकारविरूद्ध खबरदारी गर्न माओवादीले अझै सशक्त आन्दोलनको तयारी गरिरहेको उनले जानकारी दिए ।

अहिलेको आन्दोलन सुरूवात मात्रै भएको र यसले पनि सरकार नसच्चिए थप सशक्त ढंगले आन्दोलन गर्ने र त्यसका लागि माओवादी तयारी अवस्थामा रहेको उनको भनाइ छ ।

सय दिनको अवधिमा सरकारले गरेको कामबाट दलाल पुँजीपति र विचौलियाहरूले सरकार बनाइदिएको उनले दाबी गरे ।

’भ्रष्टाचारी र विचौलीहरूलाई संरक्षण गरिएको छ । अब विकल्प छैन । विचारको नेतृत्व माओवादी केन्द्रले गर्छ,’ उनले भने ।

प्रतिनिधि सभा विघटन गरेर संविधानमाथि झम्टिने र अध्यादेश ल्याएर पार्टीलाई कमजोर बनाउन खोज्नु लोकतन्त्र नहुने समेत उनले बताए ।

प्रतिक्रिया