जलवायुजन्य प्रभावलाई रोक्नसक्ने भूगोल नेपाल : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल जलवायुजन्य प्रभावलाई सबैभन्दा बढी रोक्नसक्ने भूगोल भएको बताएका छन् ।

शनिबार काठमाडौंमा कोप–२९ सम्मेलनको पूर्वसन्ध्यामा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको क्रममा उनले जलवायुजन्य मुद्दाको नेतृत्व नेपालले गर्नुपर्ने बताएका हुन् ।

कोप–२९ मा पनि नेपालले जलवायुजन्य मुद्दाको नेतृत्व गर्ने बताउँदै उनले जलवायु वित्त, जलवायु न्यायका विषयमा अहिले नेपालले खरो रुपमा आवाज उठाइरहेको जिकिर गरे ।

सरकारले जलवायुजन्य क्षेत्रमा काम गरिरहेको प्रधानमन्त्री ओलीको भनाइ छ । ओलीले मधेस प्रदेशमा जलवायु परिवर्तनको ठूलो असर परेको महशुस गरेको बताए ।

जलवायु परिवर्तनका कारण महिला, बालबालिकार ज्येष्ठ नागरिक सबैभन्दा बढी पीडित भएको उनको भनाइ थियो ।

प्रतिक्रिया