इजरायल माथि थप आक्रमण नगर्न इरानलाई अमेरिकाको आग्रह

एजेन्सी । संयुक्त राज्य अमेरिकाले हिंसाको चक्र अन्त्य गर्न शनिबार इजरायलले गरेको क्षेप्यास्त्र आक्रमणको बदलामा इरानलाई इजरायल माथि थप आक्रमण नगर्न आग्रह गरेको छ ।
 
“हामी इरानलाई इजरायल माथि आक्रमण नगर्न आग्रह गर्दछौँ ताकि द्वन्द्व यो चक्र थप वृद्धि नगरी अन्त्य गर्न सकियोस्”, अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता सीन साभेटले पत्रकारहरूलाई भने । 
 
इजरायली सेनाले शनिबार इरान विरुद्ध सैन्य आधार र मिसाइल उत्पादन केन्द्र लगायत अन्य क्षेत्रहरूमा आक्रमण गरेको छ। “उनीहरूको प्रतिक्रिया आत्मरक्षाको अभ्यास थियो र इजरायलले जनसङ्ख्या भएका क्षेत्रहरुलाई असर नगर्ने गरी केवल सैन्य लक्ष्यहरू केन्द्रित आक्रमण गरेको थियो”, उनले बताए ।   
इजरायलले इरानमा गरेको अक्रमणमा संयुक्त राज्य अमेरिकाको कुनै संलग्नता नरहेको कुरामा जोड दिँदै साभेटले भने, “मध्यपूर्व क्षेत्रमा तनाव कम गर्नु हाम्रो उद्देश्य हो ।” 
रासस 

प्रतिक्रिया