इजरायल द्वारा इरानमा क्षेप्यास्त्र आक्रमण

एजेन्सी । इजरायलले इरानका विभिन्न सैन्य आधारमा शनिबार हवाई आक्रमण गरेको छ । 

इजरायली सेनाले आफ्नो आक्रमणले इरानको मिसाइल उत्पादन केन्द्र लगायत विभिन्न क्षेत्रमा क्षेप्यास्त्र आक्रमण गरेको जनाएको छ ।

त्यसैगरी, इरानले राजधानी तेहरान र देशका अन्य सैन्य आधारमा भागमा इजरायली आक्रमण भएको पुष्टि गरेको छ । इजरायलले अक्टोबर १ मा इरान माथि गरेको क्षेप्यास्त्र आक्रमणको जवाफ दिने वाचा गरेको थियो, जुन इस्लामिक गणतन्त्रले आफ्नो कट्टर प्रतिद्वन्द्वी माथि गरेको दोस्रो प्रत्यक्ष आक्रमण हो । 

“इजरायली सुरक्षा बल (आईएएफ)को विमानले इरानले इजरायली राज्यमा प्रहार गरेको क्षेप्यास्त्र उत्पादन गर्न प्रयोग गरिने क्षेप्यास्त्र उत्पादन केन्द्रहरुमा प्रहार गरेको छ“, इजरायली सेनाले एक विज्ञप्तिमा भन्यो।  “त्यसैगरी, आईडीएफले अतिरिक्त इरानी हवाई क्षमताहरू प्रहार गरेको छ“, सेनाले भन्यो, “यस सँगै हाम्रो मिसन पूरा भएको छ ।” 

सन् २०२३ को अक्टोबर ७ मा आफ्नो इतिहासको सबै भन्दा घातक आक्रमण पछि, इजरायलले गाजामा हमास सँग लडिरहेको छ, र गत महिनाको अन्त्य देखि, यो लेबनानमा हिजबुल्लाह सँग युद्धमा रहेको छ । 

इजरायली सेनाले एक विज्ञप्ती मार्फत इरान बाट भइरहेको महिनौंको निरन्तर आक्रमणको प्रतिक्रार स्वरुप इरानी सैन्य लक्ष्यहरूमा सटीक आक्रमण गरिरहेको बताएको छ । 

आक्रमण पछि इरानले शनिबार सबै उडानहरू स्थगित गरेको उड्डयन प्राधिकरणले घोषणा गरेको छ । दमास्कस स्थित इरानको कन्सुलर एनेक्समा भएको घातक आक्रमणको बदलामा इरानले अप्रिलमा इजरायली क्षेत्रमा पहिलो पटक प्रत्यक्ष आक्रमण शुरु गरेको थियो । 
 रासस 

प्रतिक्रिया