अस्ट्रेलियामा विमान दुर्घटनामा हुदाँ २ जनाकोे मृत्यु

एजेन्सी । अस्ट्रेलियाको  सिड्नी देखि दक्षिण पश्चिम क्षेत्रमामा शनिबार भएको  विमान दुर्घटनामा परी २ जनाको मृत्यु भएको अस्ट्रेलियाको न्यु साउथ वेल्स  (एनएसडब्लु) राज्यको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सिड्नीको बाहिरी दक्षिण पश्चिममा दुई वटा हल्का विमानहरू ठोक्किएर दुर्घटना भएको हो ।  सर्वसाधारणको सुरक्षालाई ध्यानमा राखी दुर्घटना ग्रस्त क्षेत्र बाट  टाढा रहन आग्रह गर्दै थप जानकारीको लागि अनुसन्धान भईरहेको एनएसडब्लु प्रहरीले उल्लेख गरेको छ ।  

घटनास्थलमा प्रहरी, अग्नि नियन्त्रक र एनएसडब्लु एम्बुलेन्स उपस्थित रहेको जनाइएको छ ।अस्ट्रेलियन ट्रान्सपोर्ट सेफ्टी ब्युरोले दुर्घटनाको कारण बारे थप अनुसन्धान गर्ने बताइएको छ । 
रासस 

प्रतिक्रिया