म्याग्दीमा ड्रोन बाट सामान ढुवानी

म्याग्दी । अन्नपूर्ण गाउँपालिकाको पर्यटकीय स्थल मोहरेडाँडामा पाँच किलो भन्दा कम तौलका दैनिक उपभोग्य हलुका सामान ढुवानी गर्न ड्रोन प्रयोग भएको छ । 
    
ड्रोन प्रयोग गरेर अन्नपूर्ण गाउँपालिका–८ नागी बाट सोही वडाको पर्यटकीय स्थल मोहरेडाँडामा सामान ढुवानी गरिएको सो गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए । राष्ट्रिय आविष्कार केन्द्रले बनाएको ड्रोन प्रयोग गरिएको हो । 

“केन्द्रका प्राविधिक टोलीले शुक्रबार र शनिबार नागी बाट मोहरेडाँडामा ड्रोनमा झुण्ड्याएर सामान पठाएर परीक्षण गरेका थिए ” । उनले भने, “पहाडी र विपद् प्रभावित क्षेत्रमा औषधि र उपभोग्य अत्यावश्यक सामान ढुवानी गर्न ड्रोन उपयोगी देखिए ।”

मोहरेडाँडा लगायत पर्यटकीय स्थलमा सामान ढुवानीका लागि ड्रोनको प्रयोगलाई निरन्तरता दिन आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुन सँग समन्वय भएको अध्यक्ष पुनले बताए । 
रासस 

प्रतिक्रिया