इजरायली आक्रमण पछि इराकको सबै विमानस्थल बन्द

एजेन्सी । इराकले आफ्नो सबै विमानस्थल बन्द गरेको छ । छिमेकी इरानमा इजरायली सेनाले गरिरहेको सैन्य कारबाहीलाई ध्यानमा राख्दै देशको हवाई क्षेत्र बन्द गरिएको हो । 

इराकका यातायात मन्त्रीका अनुसार इजरायलले इरान माथि हवाई आक्रमण शुरु गरेको छ । इरानको पश्चिमी सीमा इराक सँग जोडिएको छ । क्षेत्रीय तनावलाई ध्यानमा राख्दै नयाँ सूचना जारी नभए सम्म देशका सबै विमानस्थलको सम्पूर्ण हवाई यातायात र सेवा बन्द गरिएको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इजरायली हवाई आक्रमण स्थानीय समय अनुसार शनिबा।र बिहान ५ बजे सम्म तेहरानमा जारी रहेको थियो ।

सिरियाको राजधानी दशमिक नजिकै विस्फोटको आवाज पनि सुनिएको बताएको छ । उक्त हमलाले मध्य र दक्षिणी सिरियामा रहेका सैन्य लक्ष्यहरूलाई लक्षित गरेको बताएको छ ।
 

प्रतिक्रिया