तिला नदी माथि मोटरेबल ‘स्टिल ट्रस’निर्माण

जुम्ला । यहाँको तिला गाउँपालिका–१ स्थित रारामा तिला नदी माथि मोटरेबल ‘स्टिल ट्रस’निर्माण गरिएको छ । पुल निर्माण भए पछि तिला ६, ७, ८ र ९ वडा सडक सञ्जालमा जोडिएका छन् ।  

तिला–६ का वडाध्यक्ष जङ्गबहादुर रोकायाले पुल निर्माण पछि वडामा सवारी साधनको पहुँचमा भएको छ । उनले भने, “पुल सञ्चालनमा आए पछि सो गाउँपालिकाका १३ वटा गाउँ बस्ती एकसाथ राष्ट्रिय सडक सञ्जाल सँग जोडिएको वडाध्यक्ष रोकायाको भनाइ छ ।” अब पुल निर्माण भई सञ्चालनमा आए पछि यहाँका दैनिक उपभोग्य वस्तु ओसारपसार गर्न सहज पुग्ने तिला–९ का स्थानीयवासी खड्का रावतले बताए । 

पुल नबन्दा ग्रामीण भेगका सडक प्रयोग विहीन भएका थियो । अब पुल बने पछि सवारी साधन चल्ने र जोखिम पूर्ण यात्रा बाट मुक्त भएको तिला–९ का वडाध्यक्ष धनबहादुर रावतले बताए । वडा सम्म ग्रामीण सडक निर्माण भइसकेका छन् । पुल सञ्चालनमा आए सँगै गाउँ सम्म यतायातका साधन पुग्ने भएका छन् । यहाँका स्थानीयवासीलाई राहत हुने तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिए । 

विसं २०७८ मा सडक डिभिजन कार्यालय जुम्ला सँग ठेक्का सम्झौता भएको पुल निर्माण अवधि तीन वर्ष रहेको थियो । तोकिएको समयमा पुल निर्माण भएको ठेक्का लिएको निर्माण कम्पनीका प्रबन्धक सुनम खड्काले बताए । 

सङ्घीय सरकार अन्तर्गतको सडक विभागको १४ करोड बजेटको लागतमा पुल निर्माण भएको सडक डिभिजन कार्यालयले जनाएको छ । पुल आठ मिटर चौडाइ र ५५ मिटर लम्बाइ रहेकोे छ । तिला नदीमा निर्माण भएको पुल सञ्चालनमा आए सँगै यहाँका स्थानीय वासी, स–साना विद्यार्थी, बिरामी लगायतलाई ओहोरदोहोरमा सहज भएको तिला गाउँपालिकाले जनाएको छ । 

पुल निर्माण नहुँदा गाउँपालिका र बजार आउन करिब पाँच देखि सात घण्टा बढी समय खर्चनुपर्ने अवस्था रहेको थियो । अब पुल निर्माण सँगै सवारीसाधन सञ्चालनमा आए पछि स्थानीयवासीलाई निकै राहत पुगेको तिलाका स्थानीयवासी बताउँछन् । गाउँपालिका सो वडाहरु भौगेलिक रूपमा विकट मानिन्छन् । 
रासस

प्रतिक्रिया