राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक शनिबार बस्दै छ । 

बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्ने बताइएको छ ।

बैठकमा समसामयिक राजनीतिक विषय, आगामी कार्ययोजना, जारी आन्दोलनलाई  प्रभावकारी बनाउनेलगायत विषयमा छलफल हुने छ । 

पार्टी सभापति रवि लामिछाने पक्राउ परे पछि पोखरामा आन्दोलन गरेको रा.स्व.पा.ले शुक्रबार देखि काठमाडौंमा आन्दोलन शुरु गरेको छ । शनिबारको बैठकले आगामी रणनीतिको बारेका निर्णय गर्ने बताईएको छ । 

प्रतिक्रिया