थाइल्यान्डमा रेल दुर्घटना हुँदा आठ जनाको मृत्यु, चार जना घाइते, एक जनाको अवस्था गम्भीर

थाइल्यान्डमा रेल दुर्घटना हुँदा आठ जनाको मृत्यु, चार जना घाइते, एक जनाको अवस्था गम्भीर

काठमाडौं । थाइल्यान्डमा भएको रेल दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । संचार माध्यामका अनुसार मालबाहक रेल ट्रयाक क्रस गरिरहेको पिकअप ट्रकसँग ठोक्किएको थियो । दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । मृत्यु हुनेमा तीन महिला र पाँच पुरुष रहेका छन् ।

थाइल्याण्डको चाचाङसाओ प्रान्तमा शुक्रबार दिउँसो रेलवे ट्र्याकहरू पार गर्ने क्रममा मालगाडीले ट्रकलाई ठक्कर दिएको सरकारी रेलवेले जनाएको छ । दुर्घटनामा घाइते एक जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया