काठमाडौंको नयाँ बसपार्क क्षेत्र बाट अवैध पटाका बरामद

काठमाडौं  । प्रहरीले काठमाडौंको नयाँ बसपार्क क्षेत्र बाट पटाका बरामद गरेको छ । 

महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्क बाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–२६ अवैध रुपमा पटाका लुकाइछिपाइ ओसारपसार गरेको अवस्थामा बरामद गरेको हो ।
     
अवैध रुपमा पटकाजन्य वस्तु लुकाइछिपाइ ओसारपसार गरिरहेको अवस्थामा २ वटा बोरा चेकजाँच तथा खानतलासी गर्दा काठमाडौं महानगरपालिका–२९ पुतलीसडक बस्ने २५ वर्षीय न्यूजल कसालाई पटाका सहित शुक्रबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
     
प्रहरीले पक्राउ कसा सँग पेन्टा कलेक्सन चार प्याकेट, फ्लोर सर्ट दुई प्याकेट, फ्लाइङ सर्ट तीन प्याकेट, १२ सुट पाँच प्याकेट, ३० सुट सात प्याकेट, ६० सुट २ प्याकेट, सात कलर सुट आठ प्याकेट, कक्टेल बार दुई प्याकेट बरामद गरेको छ ।
     
पक्राउ व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको नयाँ बसपार्क प्रहरीले जनाएको छ । 
रासस 

प्रतिक्रिया