माओवादीले आज काठमाडौंमा सरकार विरुद्ध जनप्रदर्शन गर्दै

काठमाडौं ।  नेकपा माओवादी केन्द्रले शनिबार काठमाडौंमा जनप्रदर्शन र खबरदारी सभा आयोजना गरेको छ । 

माओवादीले सरकारका गलत कदमको विरोध र गर्नुपर्ने काम लागि ध्यानाकर्षण गराउन काठमाडौंको भृकुटीमण्डप स्थित प्रदर्शनी मार्गमा प्रदर्शन सहित खबरदारी सभा गर्न लागेको हो । 

विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताको कारण बेपत्ताहरूको खोजी, राहत वितरण, घाइतेहरूको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधानका लागि माओवादीले खबरदारी गर्न लागेको जनाएको छ ।

बागमती प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय समितिको संयुक्त आयोजनामा हुने प्रदर्शन र खबरदारी सभा रचनात्मक र शान्तिपूर्ण हुने माओवादीको दाबी छ ।

यस्तै, आफ्नो पार्टी नेतृत्वको सरकारले शुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निस्तेज पार्न खबरदारी सभा गर्ने लागेको जनाएको छ । 

प्रतिक्रिया