पश्चिमी वायु र “दाना”  चक्रवातको प्रभाव, वर्षाको सम्भावना

काठमाडौं । देशभर पश्चिमी वायुका साथै बंगालको खाडीमा विकसित चक्रवात “दाना” को अंशको आंशिक प्रभाव समेत रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशमा आंशिक देखी साधारणतया बदली र बांकी प्रदेशमा आंशिक  बदली रहेको छ ।

शनिबार दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखी साधारणतया बदली र बांकी भू-भागमा आंशिक बदली देखी देखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, शनिबार राती कोशी प्रदेश लगायत देशका  पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।कोशी प्रदेशका पहाडी भू-भागका  एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।  

प्रतिक्रिया