१४ वटा हिमाल आरोहरण गरी विश्व कीर्तिमान कायम गरेका दुई पर्वतारोहीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत
काठमाडौं । ९२ दिनमा १४ हिमाल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका दुई जना पर्वतारोहीलाई काठमाडौँमा स्वागत गरिएको छ । शनिवार नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन (लामा) लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको हो ।
हरिला र शेर्पाले यही साउन ११ गते विश्वको दोस्रो अग्लो केटु हिमालको सफल आरोहण गरेका थिए । हरिला र शेर्पाले सगरमाथा, कञ्चनजंघा, ल्होत्से, मकालु, धौलागिरी, अन्नपूर्ण, मनास्लु, चो ओयु, शिशपाङ्मा, नङ्गा पर्वत, गाशरब्रम–२, गाशरब्रम–१, ब्रोडपिक र केटु हिमालको सफल आरोहण गरेका हुन् ।
आरोहीहरुलाई स्वागत गर्न पर्यटन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्वतारोहण संघ लगायत विभन्नि पर्यटनसँग सम्बन्धित संघसंस्था एवं आरोहीहरु सांस्कृतिक बाजागाजासहित विमानस्थल पुगेका थिए ।
प्रतिक्रिया