रविले पनि अरुले जस्तै सजाय खेप्नुपर्ने, एउटै अपराधमा फरक निर्णय नहुने

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी ठगि प्रकरणमा पक्राउ परेका रवि लामिछानेमाथि कानुन बमोजिम कारबाही हुने बताएका छन् ।

शुक्रबार बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुको बैठकमा प्रधानमन्त्री ओलीले समान प्रकृतिको अपराधमा फरक निर्णय नहुने बताएका हुन् ।

‘सहकारीमा जुन काम गर्नु भएको छ (रवि लामिछानेबाट), त्यस्तै प्रकृतिको अपराधमा अरुलाई जस्तो कारबाही भइरहेको छ, त्यस्तै हुन्छ’ प्रधानमन्त्रीको भनाइ उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने ।

रास्वपाका सभापति रवि लामिछानेको नाम नलिइकन सरकारले लिने निर्णयबारे प्रधानमन्त्री ओलीले ब्रिफिङ गरेका थिए । ‘रवि लामिछानेको नामै त लिनुभएन, तर समान प्रकृतिको मुद्दामा अरुलाई जस्तो कारबाही भइरहेको छ, रवि लामिछानेलाई पनि त्यस्तै हुने बताउनुभयो’, ती नेताले भने ।

बैठकपछि जारी सात बुँदेको चौथो नम्बरमा रवि लामिछानेको विषय समावेश छ । बक्तव्य मार्फत् सत्तारुढ दलहरुले रवि लामिछानेको पक्षमा भिड जम्मा गरेर अनुसन्धानको प्रक्रियालाई प्रभावित गर्ने र न्यायालयमाथि दबाब दिने सडक प्रदर्शनप्रति असहमति जनाएका छन् ।

प्रतिक्रिया