माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी, अध्यक्षको प्रतिवेदनमाथि सदस्यहरुले धारणा राख्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज चौथो दिन पनि जारी छ । काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा जारी बैठकमा केन्द्रीय सदस्यहरूले अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि आ–आफ्नो धारणा राखिरहेका छन् ।
हरेक सदस्यलाई बोल्न ५ मिनेटको समय दिइएको छ । नेताहरुले पार्टी संगठन बिस्तार अभियानमा केन्द्रित हुन पार्टी नेतृत्वलाई दबाब दिएका छन् । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक भोलिसम्म चल्नेछ ।
प्रतिक्रिया