सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राम बहादुर पक्राउ

सहकारी ठगी प्रकरण

काठमाडौं । सहकारी ठगी तथा संगठित अपराधको मुद्दामा फरार रहेका नेचर हवर्स इन्टरनेशनल प्रालि र गोरखा ग्रुप अफ कम्पनी लिमिटेडको सञ्चालक एवं सेयरधनी राम बहादुर खनाल पक्राउ परेका छन् ।

खनाललाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलिले कात्तिक ९ गते काठमाडौंको पानीपोखरीबाट पक्राउ गरेको हो ।

तनहुँको भानु नगरपालिका–८, बगालेफाँटमा घर भएका खनाललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

‘कृष्ण प्रसाद जैसी समेतको जाहेरी र प्रहरी प्रतिवेदनले वादी नेपाल सरकार प्रतिवादी रवि लामिछाने समेत भएको, सूर्यदर्शन बचत तथा ऋण सहकारीमा रकम ठगी तथा संगठित अपराध सम्बन्धी कसूर मुद्दाको अनुसन्धानको क्रममा वारदातमा संलग्न’ रहेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया