भरतपुर विमानस्थललाई सरकारले प्राथमिकतामा राखेको छ : मन्त्री पाण्डे

चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री बद्रीप्रसाद पाण्डेले भरतपुर विमानस्थल विस्तारका लागि सरकारका तर्फबाट काम भइरहेको बताएका छन् ।

रोटरी क्लब अफ चितवनको आयोजनामा भरतपुर भ्रमण वर्षको अवसर पारेर शुक्रबार आयोजना गरिएको इन्टरनेशनल ह्यारिटेड म्याराथनको समापन समारोहमा उनले भरतपुर विमानस्थल विस्तार र क्षमता बढाउनेतर्फ सरकारले काम गरिरहेको बताएका हुन् ।

भरतपुर विमानस्थललाई रात्रिकालीन उडान गर्नसक्नेगरी उपकरण व्यवस्थापनको काम गर्न सरकार तयार रहेको उनले बताए । उनले भने, “विमानस्थल विस्तारले पर्यटकको आवागमन पनि बढ्ने छ ।” सबै दृष्टिले केन्द्रमा रहेको यस जिल्लाले पर्यटन क्षेत्रमा निर्वाह गर्नुपर्ने भूमिकालाई महत्वका साथ हेरिने गरिएको मन्त्री पाण्डेले बताए ।

रोटरी क्लबको आयोजनामा गरिएको म्याराथन कार्यक्रमले आपसी एकता, सद्भाव एवं स्वास्थ्यप्रतिको चिन्तनसँगै पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा सहयोग गरेको उनले बताए । स्वास्थ्य व्यक्तिले स्वास्थ्य समाज र मुलुक निर्माण गर्नसक्ने भन्दै यस्ता कार्यक्रमको महत्व धेरै हुने गरेको उनको भनाइ थियो ।

प्रतिक्रिया