तुलसीपुर उपमहानगरपालिकाद्वारा ६ करोड राजश्व सङ्कलन

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा रु ६ करोड राजश्व सङ्कलन गरेको छ । चालु आवको साउन, भदौ र असोजमा सो परिमाणको राजश्व सङ्कलन गर्न सफल भएको उपमहानगरपालिकाका राजश्व शाखा प्रमुख पुष्पलता घर्तीले जानकारी दिए ।

उनका अनुसार आव २०८०/८१ मा सो अवधिमा रु तीन  करोड ५० लाख मात्र राजश्व सङ्कलन भएको थियो । “चालु आवमा विगत वर्षभन्दा राजश्व वृद्धि हुने अनुमान गरिएको छ”, प्रमुख घर्तीले बताए । राजश्व चुहावट रोक्नुका साथै सरसफाई, व्यवसायलगायतमा कर लिन थालिएकाले राजश्व बढ्ने अनुमान गरिएको उनको भनाइ छ ।

उल्लेख्य रुपमा राजश्व संकलन भएको छ ।” चालु आवमा रु ५० करोड राजश्व सङ्कलन गर्ने लक्ष्य रहेको प्रमुख घर्तीले बताए । गत आवमा रु ३६ करोड राजश्व सङ्कलन भएको थियो । चुहावट रोक्ने तथा करको दायरा फराकिलो बनाउनेतर्फ उपमहानगरपालिकाले जोड दिएको छ । 

प्रतिक्रिया