र्‍याप गाएर मेयर भएको व्यक्तिले राजनीति सुधार्न सक्दैन् : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकप्रियताको राजनीतिले अहिलेको समस्या समाधान गर्न नसकिने बताएका छन् । 

अखिल नेपाल महिला संघ काठमाडौं जिल्ला कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले अहिले राजनीतिको दिशा गलत बाटोमा जाने स्थितिमा पुगेको बताए ।

कुनै एउटा क्षेत्रमा लोकप्रिय व्यक्ति राजनीतिमा आउनुपर्छ भन्ने भाष्य समाजमा निमार्ण हुँदै गएको बताउँदै उनले भने, ‘विचारको आधारमा होइन, लोकप्रियताको कसीमा राजनीति चल्छ, कुनै एजेण्डा चाहिँदैन । आज कसैको विरोध गर्‍यो भने मान्छे लोकप्रिय हुन्छ । विरोध समस्याको समाधान हो र ?’

काठमाडौंको चुनावको परिणामले कुनै एउटा विधामा चर्चामा रह्यो भने राजनीतिमा सफल भइन्छ भन्ने कुराको मान्यता अगाडि आएको बताएका हुन् । उनले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)लाई लक्षित गर्दै भने, र्‍याप गाउँदागाउँदै मेयर भएपछि राजनीति त एउटा क्षेत्रमा लोकप्रिय भए पुग्यो ।

काठमाडौंमा एमालेले नजित्दा आजको राजनीति नै गलत बाटोमा जान खोजिरहेको उनको भनाइ छ । उनले कुनै एउटा विधामा सफल हुनु भनेको राजनीतिमा सफल हुन्छ भन्ने नरहेको बताए ।

महासचिव पोखरेलले संगठित रुपमा राजनीति चल्ने भन्दै कुनै एक व्यक्तिले राजनीति सुधार गर्छ भन्ने कुरा कल्पनामात्रै भएको जिकिर गरे ।

प्रतिक्रिया