रा.स्व.पा.को बिफ्रिङ - सदन र सडक हाम्रो, सरकार भ्रष्टहरूको !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले नयाँ शक्तिको रूपमा उदाएको आफ्नो पार्टीलाई पनि अरुजस्तै हुन् भन्ने हो भन्ने भाष्य पार्न खोजेको बताएका छन् ।

माइतीघरमा प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै रास्वपा अरु पार्टीभन्दा फरक भएको दाबी गरे ।

उनले भने, ‘हाम्रो पार्टी संसदमा आएपछि उनीहरूको निद्रा हराएको छ । हामीले सदनमा सशक्त आवाज उठाएका छौं । अब ०८४ सम्म सदन र सडक हाम्रो हो । सरकार भ्रष्टहरूको, यो अभियानलाई साथ दिनुहोला ।’

उनले पार्टी सरकार हुँदा अरुले भन्दा राम्रो काम गरेको बताउँदै नक्कली भुटानी शरणार्थी प्रकरणा बेचना झा पक्राउ गरेपछि सरकार ढालेको दाबी गरे । उनले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध राखेर पक्राउ गरेको जिकिर गरे ।

प्रतिक्रिया