रास्वपाले थाल्यो काठमाडौं केन्द्रित आन्दोलन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अब काठमाडौं केन्द्रित आन्दोलन थालेको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई हिरासतमा राख्ने म्याद बिहीबार सात दिन थप भएपछि रास्वपाले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेको हो ।

रास्वपाले आज माइतीघरमा विरोध प्रदर्शन गरेको हो । गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका रवि हाल कास्की प्रहरीको हिरासतमा छन् । पहिले ६ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला अदालत कास्कीले आजमात्रै थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

सडक प्रदर्शन गरेर लामिछानेलाई छुटाउने प्रयास गरेको रास्वपाले पोखरामा स्थानीयको अपेक्षाकृत समर्थन पाउन सकेको थिएन । अवको आन्दोलन सरकार र भ्रष्टाचारविरुद्ध हुने रास्वपाको भनाइ छ । रास्वपाले लामिछानेलाई राजनीतिक प्रतिशोधमा पक्राउ गरेको आरोप लगाउदै आएको छ ।
 

प्रतिक्रिया