चुनाव चिह्न माछा लिएर राजेन्द्र महतोले खोले नयाँ पार्टी

काठमाडौं । राजेन्द्र महतो अध्यक्ष रहने गरी नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ।

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गत फागुनमा परित्याग गरेका महतो केही समयदेखि राष्ट्रिय मुक्ति अभियानमार्फत सक्रिय रहँदै आएका थिए ।

महतोको नेतृत्वमा राष्ट्रिय मुक्ति पार्टी नेपाल दर्ताका लागि शुक्रबार निर्वाचन आयोगमा निवेदन दिएको बिशेष स्रोतले जानकरी दिएको छ ।

राष्ट्रिय मुक्ति पार्टी नेपाल नामको नयाँ पार्टी बनाउन लागिएको र अहिले अध्यक्ष र १ सय ७३ जना केन्द्रीय सदस्य रहने स्रोतले बतायो ।

स्रोतका अनुसार पार्टीले चुनाव चिह्न माछा राख्ने प्रस्ताव गरेको छ ।

प्रतिक्रिया