एमालेलाई चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको छ : शङ्कर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमालेलाई कमजोर पार्दा नेपालको राजनीतिलाई ‘कठपुतली’ जस्तै नचाउन सकिन्छ भन्ने उद्देश्यले चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको बताएका छन् । 

शुक्रवार अखिल नेपाल महिला सङ्घ काठमाडौँ जिल्ला कमिटीले गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले एमालेमाथि चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको बताएका हुन् । 

‘एमालेलाई कमजोर पार्दा नेपालको राजनीतिलाई कठपुतली जस्तै नचाउन सकिन्छ भन्ने सच्चाई हामीले बुझ्नुपर्छ’, पोखरेलले भने, ‘हो विकास र सम्मृद्धिका काम जनअपेक्षा अनुसार हुन नसकेकोमा पार्टीले मनन गरेको छ ।’

यस्तो घेराबन्दी र आक्रमणले पार्टी चुकेको र गलत दिशामा हिँडेको हो कि भन्ने माहौल सिर्जना गरिएको पोखरेलको भनाइ छ । यस्तो प्रवृत्तिले नेपालको राजनीतिलाई कुन बाटोमा अघि बढाउने ? भन्ने प्रश्न उठेको भन्दै सही बाटोमा लैजाने कि पपुलिजमलाई ? साथ दिने दोसाँधमा रहेको उनको भनाइ छ ।

प्रतिक्रिया