पाकिस्तानी तालिबानको आक्रमणमा परी १० जनाको मृत्यु

एजेन्सी । पाकिस्तानी तालिबानले अफगान सीमा नजिकैको चेकपोस्टमा गरेको आक्रमणमा १० जना प्रहरी मारिएको अधिकारीहरूले बताएका छन् । 

“आक्रमणका क्रममा फ्रन्टियर कन्स्टेबुलरीका १० जना जवान शहीद भएका थिए भने सात जना घाइते भएका थिए”, १ जना वरिष्ठ गुप्तचर अधिकारीले बताए । 

खैबर पख्तुनख्वा प्रान्तको डेरा इस्माइल खान जिल्लामा प्रहरी सहायता बलको चौकीमा करिब २० देखि २५ जना आतङ्ककारीहरूले भारी आक्रमण गरेका थिए ।आक्रमण अफगानी सीमा बाट करिब ७० किलोमिटर पूर्वमा भएको थियो ।

सन् २०२१ मा अफगानिस्तानमा तालिबान सत्तामा फर्किए पछि पाकिस्तानले आतङ्कवादमा वृद्धि देखेको भने पाकिस्तानी तालिबानले प्रायः सुरक्षा फौजलाई लक्षित गरी आक्रमण गर्दै आएको छ । खैबर जिल्लाको अफगान सीमा नजिकै बिहीबार राति गरिएको छुट्टै आक्रमणमा एक जना प्रहरी मारिएका छन् । 

ऐतिहासिक रूपमा अफगानिस्तानमा जरा भएको पाकिस्तानी तालिबानले अफगानी तालिबानकै विचारधारालाई आत्मसाथ गरेको छ । 
रासस 
 

प्रतिक्रिया