प्रचण्डलाई बाबुरामको प्रश्न- पूर्वमाओवादी एकठाउँमा आउनुपर्ने औचित्य के हो ?

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्वमाओवादीहरू एक ठाउँमा आउन नहुने टिप्पणी गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबसकमा स्टाट्स लेख्दै पूर्वमाओवादी किन एक ठाउँमा आउनुपर्ने प्रश्न गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकटका केही नेताहरूले पूर्वमाओवादीहरू एक ठाउँमा आउनुपर्ने कुरा गरिरहेको भन्दै भट्टराईले अर्को जनयुद्ध गर्न कि भोजभतेर गर्न आउने भन्दै प्रश्न गरेका हुन् ।

सत्ताको खेलबाट बाहिर फालिएको प्रचण्ड सुशासनको मुद्दा उठाएर आन्दोलनको धम्की दिइरहेको उल्लेख गर्दै भट्टराईले प्रचण्डलाई फेरि एक पटक संसदीय सत्तारोहण गराउन एक हुनुपर्ने हो ? उनको प्रश्न छ ।

भट्टराईले एक ठाउँमा आउनुको वैचारिक र राजनीतिक औचित्य र आधार पनि मागेका छन् ।

 

 

प्रतिक्रिया