आज नेपाल र कतार भिड्दै

काठमाडौं । एफसी १७ वर्ष मुनिको एशियन कप छनोटमा नेपालले शुक्रबार कतार सँग खेल्दैछ । 

कतारको घरेलु मैदान दोहाको एसपायर एकेडेमी पिचमा हुने यो खेल नेपाली समय अनुसार राति साढे आठ बजे हुनेछ । यसअघि नेपाल आफ्नो पहिलो खेलमा साविक विजेता जापान सँग ९–२ गोलले पराजित भएको थियो । 

समूह ‘एफ’ मा  नेपाल रहेको टोलीमा जापान सँगै, कतार, र मङ्गोलिया छन् । नेपालले आइतबार मङ्गोलिया सँग खेल्ने तालिका छ । यो प्रतियोगितामा ४३ टोलीलाई १० समूहमा विभाजन गरिएको छ । 

समूहको शीर्ष स्थानमा रहने टोली र दोस्रो स्थानका उत्कृष्ट पाँच टोलीले अर्को वर्षको अप्रिलमा साउदी अरेबियामा हुने मुख्य प्रतियोगिताका लागि छनोट पाउने छन् ।

प्रतिक्रिया