सत्तारुढ दलको बैठक आज बस्दै

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले सत्ता साझेदार दलको बैठक बोलाएका छन् । 

बैठक शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बोलाइएको हो । बैठकमा पछिल्लो राजनीतिक र आर्थिक अवस्थाका बारेमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

साथै विद्युत प्राधिकरणले उद्योगहरुको लाइन काटेको विषयमा पनि छलफल हुने सम्भावना रहेको बुझिएको छ । सरकारले सय दिन पार गरे लगत्तै विपक्षी दलहरुले सरकार विरुद्ध मोर्चाबन्दी शुरु गरेको विषयमा बैठकमा कुराकानी हुने बताइएको छ । 

प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले सरकारका काम चित्त बुझ्दो नभएको भन्दै शनिबार काठमाडौंमा खबरदारी सभा समेत गर्दैछ । बैठकमा सत्तारुढ दलले आगामी काम बारे दृष्टिकोण सार्वजनिक गर्ने तयारी गरेको छ । 


 

प्रतिक्रिया