भारतमा ‘दाना’ चक्रवाती आँधी,  ३ सय उडान रद्द

एजेन्सी । बंगालको खाडीमा बनेको सामुद्रिक आँधी ‘दाना’ को भारतीय राज्य ओडिसामा असर देखिन थालेको छ ।

भारतीय मौसम विज्ञान विभागका अनुसार दाना आँधीको प्रभाव बिहीबार राति देखि अझै जारी छ । आँधी ओडिसाको धामरा र भितरकनिका नजिक १२० किलोमिटर प्रतिघण्टाको गतिमा अघि बढिरहेको छ ।  आँधीका कारण ओडिसा र बंगालका धेरै क्षेत्रमा मेघगर्जन सहित वर्षा भइरहेको छ । 

हावाहुरीका कारण धेरै ठाउँमा रूख ढलेका छन् । आँधी र तुफानको चपेटामा आएका तीन डुंगा पल्टिदा १६ जना माछुवर बेपत्ता भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अहिले सम्म भारतमा दाना आँधीका कारण ३ सय उडान रद्द गरिएको र ५ सय ५० भन्दा बढी रेल रद्द भएका छन् ।  

उद्धारका लागि धेरै एनडीआरएफ टोली ओडिसा र बंगालमा  परिचालन गरिएको छ । भुवनेश्वर र कोलकाता विमानस्थल बन्द गरिएको छ ।  दानाका कारण लगातार वर्षा भइरहेकाले ओडिसामा अचानक बाढी आउने खतरा देखिएको छ ।  

ओडिसाका १६ जिल्लामा लगातारको वर्षा भइरहेकाले बाढी आउन सक्ने चेतावनी जारी गरिएको छ । पश्चिम बंगाल पनि उच्च सतर्कता अपनाइएको छ । राज्यका धेरै तटीय जिल्ला बाट हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । 

आँधीका कारण दुबै राज्यका करिब १५ करोड नागरिक प्रभावित हुने बताइएको छ । १० लाख भन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ । 
 

प्रतिक्रिया