अर्थ मन्त्री पौडेल सँग एमसिसीकी प्रमुख कार्यकारीको भेट

अमेरिका । उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेल र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)की प्रमुख कार्यकारी अधिकृत एलिस  अलब्राइट बीच भेटवार्ता भएको छ ।

उक्त भेटका अवसरमा मिलेनियम च्यालेन्ज कर्पोरेसनको कम्प्याक्ट एग्रिमेन्ट अन्तर्गत गत वर्ष देखि कार्यान्वयन भएको परियोजना तथा अन्तरदेशीय  प्रसारण लाइनका बारेमा छलफल भएको यहाँ स्थित नेपाली राजदूतावासले जनाएको छ ।

अर्थ मन्त्री पौडेल र निर्देशक ली बीच भेटवार्ता

अर्थमन्त्री पौडेल सँग अन्तर्राष्ट्रिय मुद्रा कोषका उपकार्यकारी निर्देशक बो लीले पनि भेटवार्ता गरेका छन् । त्यस असरमा उनीहरू बीच वित्तीय सहायता, परामर्श सेवा र प्राविधिक सहयोग बारे छलफल भएको थियो । 

उपकार्यकारी निर्देशक बोले नेपालको आर्थिक प्रगति सन्तोषजनक रहेको बताएका थिए । अर्थमन्त्रीका साथमा अर्थसचिव रामप्रसाद घिमिरे, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी तथा यहाँ स्थित दूतावासका कार्यवाहक राजदूत कुमारराज खरेल थिए ।
रासस

प्रतिक्रिया