रवि विरुद्ध रुपन्देहीमा पनि पक्राउ पूर्जी जारी, सम्पत्ति शुद्धिकरण कसुरमा पनि अनुसन्धान हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पनि अनुसन्धान हुने भएको छ ।

जिल्ला अदालत रुपन्देहीले बिहीबार लामिछानेविरुद्ध प्रहरीलाई पक्राउ अनुमति दिएको अदालत स्रोतले जानकारी दिएको छ ।

सुप्रिम सहकारीको रकम पनि लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा अपचलन भएको सहकारीसम्बन्धी संसदीय छानबिन समितिले ठहर गरेको थियो ।

रुपन्देही जिल्ला अदालतले ठगि र संगठित अपराधको कसुरमा लामिछानेसँगै छविलाल जोशी र अन्य १२ जनालाई पक्राउ अनुमति दिएको स्रोतले बतायो । 

यसैगरी, लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीस चन्द्रकान्त पौडेलको इजालसले सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान गर्न अनुमति दिएको छ ।

प्रतिक्रिया