भदौदेखि झन्डै एक हजार मेगावाट विद्युत खेर जाने

भारतले नेपालको बिजुली खरिदमा चासो नदिएपछि भदौदेखि झन्डै एक हजार मेगावाट खेर जाने भएको छ । साउन महिनादेखि दैनिक ७ सय ५२ मेगावाट बिजुली भारत निर्यात गर्ने भनिए पनि भारतले चासो नदिएसँगै अहिले ४५२ मेगावाटमै सीमित भएको छ । प्राधिकरणबीच विद्युत् खरिद–बिक्री सम्झौता भइसकेको भएपनि कार्यन्वन नहुँदा ४ सय ५२ मेगावाट मात्रै बिजुली निर्यातको अवस्था रहेको हो । भारतमा निर्यात गर्न नसक्दा निजी क्षेत्रले उत्पादन गरेको बिजुली खेर जाने स्थिति बन्दा अर्बौं रुपैयाँ घाटा लाग्ने स्वतन्त्र ऊर्जा उत्पादक संघको प्रक्षेपण छ । नेपालले रामनगर–गण्डक, रक्सौल–परवानीपुर, कटैया–कुसाह र कटैयाद्दकुसाह–२ गरेर चार अन्तरदेशीय प्रसारण लाइनबाट बिजुली भारतीय इनर्जी एक्सचेन्ज मार्केटमा पठाउने सहमति आएपनि पूरै खाका तयार भएको छैन । नेपाल विद्युत् प्राधिकरणले भारतीय इनर्जी एक्सचेन्ज मार्केटमा बोलकबोलमार्फत ४ सय ५२ मेगावाट विद्युत् बिक्री गर्दै आएको छ । त्यसका लागि ४०० केभीको ढल्केवर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन प्रयोग भइरहेको छ ।  प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो वर्ष १२ सय मेगावाट बिजुली निर्यात गर्ने लक्ष्य रहेको बताएका छन । विद्युत व्यापारवाटर गत वर्ष ११ अर्ब आम्दानी गरेको प्राधिकरणले यो वर्ष २५ अर्बको निर्यात गर्ने लक्ष्य राखेको छ ।
 

प्रतिक्रिया