श्रीलंकाविरुद्ध नेपालले लियो ३ गोलको अग्रता

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप फुटबलमा श्रीलंकाविरुद्ध नेपालले अग्रता लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलको पहिलो हाफमा नेपालले तीन गोलको अग्रता लिएको छ ।

आठौं मिनेटमा सबिता राना मगरले गोल गरिन् । साबित्रा भण्डारीको पासमा उनले गोल गरेकी हुन् । त्यसको चार मिनेटपछि साम्बाले गोलको खाता खोलिन् भने दुई मिनेटपछि रेखा पौडेलले पनि गोल गरिन् ।

प्रतिक्रिया