बराहतालमा मिनीबस दुर्घटना हुँदा एकजनाको मृत्यु, ६ जना घाइते

काठमाडौं । सुर्खेतको बराहतालमा मिनीबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन ।

बराहताल गाउँपालिका–८ को हुड्केमा कर्णाली प्रदेश ०२००१ ख १०१४ नम्बरको मिनिबस दुर्घटना हुँदा दैलेखको ठाटीकाँधका दीपक शाहीको मृत्यु भएको हो ।

२९ जना यात्रु सवार उक्त गाडी अनियन्त्रित भएर सडक छेउमा पल्टिएको हो ।

प्रतिक्रिया