क्यानडाका प्रधानमन्त्री ट्रुडो र पत्नी सोफीबीच सम्बन्ध विच्छेद

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी श्रीमती सोफीले सम्बन्ध विच्छेद गरेका छन् ।  दम्पतीले इन्स्टाग्राममा आफ्नो वैवाहिक जीवनको १८ वर्षलाई अन्त्य गरेको जानकारी दिएका हुन । आफ्ना तीन सन्तानलाई राम्रो वातावरण दिने भन्दै दम्पतीले महत्वपुर्ण अवसरहरुमा सँगसँगै रहने बताएका छन । ट्रुडो दम्पतीका १५ बर्षका जेभियर, १४ बर्षका एला ग्रेस र ९ बर्षका हेड्रिन तीन सन्तान छन । ट्रुडो दम्पतीले २००५ मे २८ मा विवाह गरेका थिए । एकअर्काको माया र सम्मानका लागि सबै लागिरहने इन्स्टाग्राममा ट्रुडोले जानकारी दिएका छन । प्रधानमन्त्रीको यो पोस्ट उनको श्रीमती सोफिएलले पनि आफ्नो अकाउन्टमा सेयर गरेकी छिन् । प्रधानमन्त्री ट्रुडोले क्यानाडाली जनतालाई यस समयमा आफ्ना बालबालिकाको भलाइका आफ्नो सम्बन्ध विच्छेदको गोपनीयतालाई सम्मान गर्न अपील गरेका छन् । सम्बन्ध विच्छेद सम्बन्धी सबै कानुनी प्रक्रिया दुबैले पुरा गरिसकेको बताइएको छ । 
 

प्रतिक्रिया