माल्दिभ्सलाई १३-० गोल अन्तरले पराजित गर्दै भुटान सेमिफाइनलमा

काठमाडौं। माल्दिभ्सलाई १३–० गोल अन्तरले पराजित गर्दै भुटान साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा भुटानले माल्दिभ्सलाई १३–० को फराकिलो अन्तरले पराजित गरेको हो ।यससँगै ३ अंक प्राप्त गरेको भुटान समुह बीको शीर्ष स्थानमा उक्लिएको छ। ४ अंक भएको नेपाल दोस्रो स्थानमा झरेको छ।
अब समुह बीको अर्को खेलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । खेल साँझ साढे ५ बजे दशरथ रंगशालामा हुनेछ। 

यसअघि नै समूह एबाट बंगलादेश समूह विजेता र भारत उपविजेता बन्दैँ सेमिफाइनल पुगिसेकेको छ । आईतबार सेमिफाइनलको दुबै खेल हुनेछन् ।

 

प्रतिक्रिया