क्यानडामा  आप्रवासीहरुको संख्या कटौती गरिने

एजेन्सी । प्रधानमन्त्री जस्टिन ट्रुडोको क्यानडामा अब आप्रवासीहरुको संख्या कम गर्दे लैजाने बताएका छन् । 

क्यानडामा बिदेशी बिद्यार्थीहरुको अध्ययन अनुमति संख्या सीमित गरिने घोषणा गरिएको एक महिनापछि बिदेशी कामदार पनि कटौती गर्न लागेको प्रधानमन्त्री ट्रुडोले बताएका हुन् ।  ट्रुडोले सामाजिक सञ्जालमा “हामी क्यानाडामा कम अस्थायी विदेशी कामदारहरू राख्न गइरहेका छौं। हामी कम्पनीहरूका लागि कडा नियमहरू ल्याइरहेका छौं भनेर पोष्ट गरेका छन् ।

बिभिन्न देशबाट स्थायी रुपमा क्यानडामा बसोबासका गर्न चाहने मानिसको संख्या पनि कटौती गरेर भित्र्याइने बताइएको छ ।क्यानडाले सन् २०२५ मा ३ लाख ९५ हजार, २०२६ मा ३ लाख ८० हजार र २०२७ मा ३ लाख ६५ हजारलाई मात्रै स्थायी बसोबासका लागि भित्र्याइनेछ । 
 

प्रतिक्रिया