सरकारले विपक्षी दलका नेतालाई छानिछानी जेल हाल्यो : माओवादी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले विपक्षी दलका नेताहरूलाई छानिछानी मुद्दा लगाउने काम गरिरहेको बताएका छन् । 

बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले सत्तापक्षका नेताहरूलाई जोगाउने काम गरिरहेको बताएका हुन् ।

सहकारी बचत अपचलनमा जोडिएका कांग्रेसका उपसभापति धनराज गुरुङ र सार्वजनिक लेखा समितिका सभापति समेत रहेका एमालेका नेता ऋषिकेष पोखरेललाई संरक्षण गरेको उनले आरोप लगाए ।

‘विपक्षी दलका नेताहरूलाई छानिछानी मुद्दा लगाउने, जेल हाल्ने काम गरिरहेको छ । आफ्नै नेताहरूलाई जोगाइ रहेको छ । धनराज गुरुङ, ऋषिकेश पोखरेल लगायतलाई प्रमाण हुँदाहुँदै संरक्षण गरिएको छ । सुशासनको पक्षमा अघिल्लो सरकारले गरेको काम उल्टाउने भइरहेको छ’, सापकोटाले भने ।

यस्तै ओली नेतृत्वको सरकारको सय दिन पूर्ण असफल भएकाले शनिवार काठमाडौँमा सरकारविरुद्ध खबरदारी सभा गर्न लागिएको उनले जानकारी दिए ।

प्रतिक्रिया