राष्ट्रपति पुटिनले दुई वर्ष पछि राष्ट्रसङ्घका महासचिव सँग भेट गर्ने

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार दुई वर्ष भन्दा बढी समयमा पहिलो पटक संयुक्त राष्ट्रका प्रमुख एन्टोनियो गुटेरेस सँग भेट गर्ने भएका छन् । 

रुसी शहर कजानमा आयोजित ब्रिक्स सम्मेलनको अन्तिम दिन दुई पक्ष बीच भेटवार्ता हुने भएको छ । क्रेमलिनका अनुसार उनीहरुले युक्रेन द्वन्द्वका साथै मध्यपूर्वमा बढ्दो सङ्कट बारे छलफल गर्ने अपेक्षा गरिएको छ । 

गुटेरेसले युक्रेन विरुद्ध मस्कोको सैन्य आक्रमणको बारम्बार आलोचना गर्दै यसले विश्वका लागि खतरनाक उदाहरण स्थापित गरेको बताउदै आएका छन् । 

गुटेरेस सन् २०२२  मा कियभलाई आफ्नो बन्दरगाह बाट सुरक्षित रूपमा अन्न निर्यात गर्न अनुमति दिने सम्झौताको मध्यस्थतामा मद्दत गर्दै दुई देश बीचको शान्ति प्रयासमा संलग्न भएका थिए । त्यसबेला देखि दुई पक्ष बीच थोरै मात्र प्रत्यक्ष कूटनीतिक सम्पर्क भएको छ । 

यसैबीच युक्रेनले पुटिनलाई भेट्ने संयुक्त राष्ट्रसङ्घका प्रमुखको निर्णयको कडा आलोचना गरेको छ । पुटिनले युक्रेनलाई युद्धविरामको पूर्व शर्तको रूपमा यसको दक्षिण र पूर्वमा आत्मसमर्पण गर्न माग गरेका छन् जसलाई कियभले अनावश्यक शर्तको रुपमा अस्विकार गरेको छ ।  


गुटेरेसले कजानमा पुटिनलाई भेट्ने र सम्मेलनलाई सम्बोधन गर्ने योजना रहेको संयुक्त राष्ट्रले जनाएको छ । संयुक्त राष्ट्रसङ्घका प्रवक्ता फरहान हकले गुटेरेसले “युक्रेनमा युद्धमा आफ्नो चिरपरिचित स्थितिलाई पुनः पुष्टि गर्ने“ बैठकको उदेश्य रहेको बताए । 

गुटेरेसले मस्कोले युक्रेनी क्षेत्रको विलयको योजनाले गरिरहेको आक्रमणको आलोचना गर्दै यस्ता गतिविधीको संसारमा कुनै स्थान नभएको बताएको छ । त्यसैगरी, ब्रिक्स शिखर सम्मेलनमा सहभागी विश्व नेताहरूले युक्रेन द्वन्द्व अन्त्य गर्न आह्वान गरेका छन् । 
रासस 

प्रतिक्रिया