उत्तरी गाजामा २ सय भन्दा बढी हमासका लडाकू पक्राउ परेका इजरायलको दाबी

एजेन्सी । उत्तरी गाजाको जबालिया क्षेत्रमा  इजरायली सेनाले हमासका ६० जना लडाकूको हत्या गर्नुका साथै २ सय भन्दा बढी संदिग्ध ब्यक्तिलाई पक्राउ गरेको गरेको छ । 

इजरायली संचार माध्यमहरुका अनुसार इजरायली सेनाले हमासको संरचना नष्ट गर्न मध्य गाजामा आक्रमण जारी राखेको छ । 

इजरायली रक्षा बल (आइडीएफ)ले हमासले जबालिया  क्षेत्रबाट बाहिर जान खोज्ने सर्वसाधारणलाई निरन्तर अवरोध गरिरहेको जनाएको छ । हमासका लडाकूले प्यालेष्टिनी सर्वसाधारणलाई मानव ढाल बनाएर आफ्ना गतिबिधि संचालन गरिरहेको इजरायली रक्षा बलको आरोप छ । 

सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमाथि एक्कासी आक्रमण गरेर १२ सय इजरायली नागरिकको हत्या गरेको थियो साथै २ सय ५० जनालाई अपहरण गरेको थियो ।

त्यसयता हमास र इजरायलबीचको युद्ध जारी छ । हमासलाई लेवनानमा रहेको अर्काे मुस्लिम लडाकू समूह हिजबुल्लाहले पनि सहयोग गरिरहेको छ । त्यसकारण इजरायलले हिजबुल्लाहलाई पनि लक्षित गरेर लेवनानमा आक्रमण गरिरहेको हो ।  उता हिजबुल्लाहलाई इरानले हात हतियार र आर्थिक सहयोग गर्ने गरेको छ । त्यसकारण इरानले आफैं र अन्य मुस्लिम लडाकू समूहको प्रयोग गरेर इजरायलमा रकेट र ड्रोन हमला गर्ने गरेको छ । 

हमासद्वारा संचालित स्वास्थ्य मन्त्रालयका अनुसार युद्ध शुरु भएयता ४३ हजार प्यालेष्टिनी नागरिकको मृत्यु भएको छ । इजरायलले भने यसको जिम्मेवार स्वयं हमास नै भएको बताउँदै आएको छ । हमासले अपहरण गरेका आफ्ना नागरिकहरु रिहाइ गर्नुपर्ने अडान पनि इजरायलको  छ । यद्यपि अपहरणमा परेका कतिपयलाई हमासले हत्या गरिसकेको र केहीको मृत्यु भएको बताइएको छ । जीवित रहेकालाई तत्काल रिहाइ गर्नु पर्ने माग इजरायलको रहेको छ ।   

प्रतिक्रिया