इजरायलद्वारा सिरियाली सैन्य शिबिरमा हमला,एकको मृत्यु ७ जना घाइते

एजेन्सी । सिरियाली रक्षा मन्त्रालयले इजरायली आक्रमणमा परी एक  सैनिकको मृत्यु भएको र सात जना घाइते भएको जनाएको छ ।

सिरियाको राजधानी दमास्कस र पश्चिमी शहर होम्स नजिकै रहेको एक सैन्य शिबिरमा बिहीबार बिहान इजरायली आक्रमणमा परी एक सैनिकको मृत्यु हुनुका साथै सात जना घाइते भएको सिरियाली रक्षा मन्त्रालयले जनाएको हो ।

मध्य दमास्कसको काफर सोसा इलाका र होम्स ग्रामीण इलाकामा रहेको एक सैन्य स्थललाई लक्षित गरी आक्रमण गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि सिरियाको सरकारी सञ्चार माध्यमले दमास्कसमा इजरायलले काफ्र सूसाको एक आवासीय भवनमा आक्रमण गरेपछि विस्फोटको आवाज सुनिएको जनाएको थियो । सिरिया इजरायलको शत्रु मानिन्छ । सिररियाले इरान,हमास लगायत अन्य देशमा रहेका मुस्लिम लडाकूसँग मिलेर इजरायल लक्षित आक्रमण गर्ने गरेको छ । 
 

प्रतिक्रिया