‘दाना’आँधी आउन लागे पछि भारतको पश्चिम बंगाल र ओडिसामा उच्च सतर्कता

एजेन्सी । भारतको ओडिशा र पश्चिम बङ्गालको तटमा  ‘दाना’ नामको सामुद्रिक आँधीको सम्भावित अवतरण अघि सरकारले तयारी तीव्र बनाएको छ । 

आँधी बाट बिहीबार देखि तीन दिन सम्म अत्यधिक वर्षा हुने अनुमान छ । भारतीय वायु सेनाका दुई विमानहरूले राष्ट्रिय विपद् प्रतिक्रिया बल एनडीआरएफ का कर्मचारी तथा राहत सामग्री भुवनेश्वरमा लगेका छन् । 

भारतीय मौसम विज्ञान विभागले  ‘दाना’ आँधी भितरकनिका र ओडिशा तटमा अवतरण गर्ने अनुमान गरेको छ । आँधी बङ्गालको पूर्वी मध्य खाडीमा दबाब छोडेर पश्चिम–उत्तरपश्चिम तर्फ ११८ किलोमिटर प्रति घण्टाको गतिमा अघि बढ्ने विभागले अनुमान गरेको छ । 

’दाना’ आँधीका कारण रेलवेले ‘वन्दे भारत’, राजधानी एक्सप्रेस लगायत दुई सय भन्दा बढी रेल सञ्चालनमा रोक लगाएको छ । सावधानीका रूपमा पश्चिम बंगाल र ओडिशाका सरकारले तटीय क्षेत्र बाट करिब तीन लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । 

दुवै राज्यमा तटीय जिल्लाका सबै विद्यालय अक्टोबर २५ गते सम्म बन्द गरिएको छ भने चिकित्सक सहित सबै सरकारी कर्मचारीको बिदा रद्द गरिएको छ । पश्चिम बङ्गालमा करिब एक हजार राहत शिविर खोलिएको छ ।

विद्यालय र सरकारी भवनमा जनताका लागि बास र खानाको व्यवस्था गरिएको छ । ओडिशाका राजस्व र प्रकोप व्यवस्थापन मन्त्री सुरेश पुजारीले पर्यटकहरूलाई आगामी चार दिनका लागि सबै होटल बुकिङ रद्द गर्न भनेका छन् । 
 

प्रतिक्रिया