गोलभेँडाको मूल्य हाल सम्मकै महँगो

काठमाडौं । पछिल्ला केही दिन यता उपत्यकामा गोलभेँडाको मूल्य बढेर थोकमै प्रति के.जी. १८० रुपैयाँ पुगेको छ । 

उपत्यकावासीको माग अनुसार गोलभेँडाको आपूर्ति हुन नसक्दा मूल्य बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।  खुद्रामा यसको मूल्य प्रति के.जी. दुई सय रुपैयाँ देखि २५० रुपियाँ सम्ममा किनबेच भइरहेको छ ।  

केही दिन अगाडि देशभर आएको अविरल वर्षाले गोलभेँडा खेतीमा क्षति पुगेकाले मूल्य उच्च भएको हो । गोलभेँडाको मूल्य यति धेरै महँगो भएको यो पहिलो पटक भएको समितिले जनाएको छ ।  यसअघि उपभोक्ताले बढीमा १ सय ५० देखि १ सय ८० रुपैयाँ तिरेका थिए । 

अहिले कालीमाटी बजारमा गोलभेँडाको मूल्य प्रति क्रेट तीन हजार देखि तीन हजार पाँच सय रुपैयाँ पुगेको छ ।

यसअघि काठमाडौं उपत्यका, चितवन, रामेछाप, धादिङ, पालुङ, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट लगायतका जिल्ला बाट कालीमाटी तरकारी बजारमा गोलभेँडा आउने गरेका थियो ।

प्रतिक्रिया