छत बाट लडेर मजदुरको मृत्यु

काठमाडौं । आलोकनगर स्थित एक घरको चौथोतला बाट लडेर नुवाकोटको बेलकोटगढी नगरपालिका–५ का स्थायी बासिन्दा ४२ वर्षीय दिलबहादुर भुजेलको मृत्यु भएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–३१ आलोकनगर स्थित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टी कार्यालय नजिक रहेको भिटु श्रेष्ठको निर्माणाधीन घरमा काम गरिरहेका बेला लडेर निजको मृत्यु भएको हो । 

गम्भीर घाइते भएका उनको उपचारका क्रममा मीनभवन स्थित सिभिल अस्पतालमा मृत्यु भएको हो । 
रासस 

प्रतिक्रिया