दुर्गा पूजाका साडी मुसहर महिलालाई प्रदान

सिरहा । लहान स्थित दुर्गा मन्दिरमा नवरात्रमा भक्तजनले अर्पण गरेका साडी यहाँका अतिविपन्न मुसहर महिलाहरुलाई प्रदान गरिएको छ । 

दुर्गा पूजा समितिका संयोजक एवं लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले  वडा नं १५ शोभापुरका मुसहर समुदायका ९१ जना महिलालाई बुधबार अपराह्न जनही एउटा साडी प्रदान गरेका हुन् । 

समितिका सदस्य विकास शारदाका अनुसार यस वर्षको दुर्गा पूजामा आठ लाख ५३ हजार नगद र तीन तोला चार आना सुन सङ्कलन भएको छ । यो गत वर्षको भन्दा  एक लाख ५३ हजारले बढी हो ।
रासस 

प्रतिक्रिया